नुवाकोट – नेपाल कम्यूनिष्ट पार्टी (एमाले) विदुर नगरपालिकाका ११ वडा कमिटीको अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको एकसाथ शपथ ग्रहण गराईएको छ ।
कार्यक्रममा दोस्रो अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई एक समारोहकाबीच पद तथा गोपनियताको सपथग्रहण गराईएको विदुर नगर कमिटिका अध्यक्ष नविन प्रधानले जानकारी दिए ।
नगर कमिटीमा पार्टीको ११ वटा वडाहरुवाट सर्वसम्मत पदाधिकारीहरु चयन भएतापनि वडा नं. २ र ४ बाट भने पदाधिकारीहरु चयन हुन सकेको छैन ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय स्थायी कमिटी सदस्य तथा विदेश विभागका प्रमुख डा. राजन भट्टराई, नुवाकोट इञ्चार्ज अरूण नेपाल, केन्द्रीय सदस्य केशवराज पाण्डे, विन्दा ढुङ्गाना, केन्द्रीय स्कुल विभाग सदस्य रामशरण प्याकुरेल, नारायणप्रसाद खतिवडा, जिल्ला अध्यक्ष बद्री मैनालीलगायतले पार्टीका सिद्धान्त, निर्देशन, अनुशासन, वर्तमान अवस्था, आगामी चुनावी रणनीतिलगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
