विदुर – जारी नुवाकोट जिल्ला लिग फुटबल प्रतियोगिताको सेमीफाईनलमा थ्रिडि युथ क्लब प्रवेश गरेको छ ।

जीतसँगै थ्रिडिले न्यु ईनारपाटी युवा क्लबसँग दोस्रो सेमिफाइनल खेल खेल्नेछ ।

बिहिबार बट्टार खेलमैदानमा भएको क्वार्टरफाइनल खेलमा थ्रिडिले वनदेवीलाई खेल ४-१ गोल अन्तरले हरायो ।

यस्तै, नुवाकोट युनाइटेड फुटबल क्लबलाई ट्राइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै न्यु ईनारपाटी सेमिफाईनल प्रवेश गरेको छ । निर्धारित समयाधिमा दुवै समुहले गोलरहित बराबरी खेलेपछि खेल ट्राइब्रेकरमा धकेलियो ।

भोलि जेठ २५ गते बट्टार युथ क्लब र तप्त युवा क्लबबीच पहिलो सेमिफाइनल खेल हुनेछ ।

सम्बन्धित खवर