नुवाकोट – सूर्यगढी गाउँपालिकाको कार्यवाहक अध्यक्ष वडा अध्यक्ष रामशरण राईलाई तोकिएको छ ।
गाउँपालिका अध्यक्ष सन्तबहादुर घले पारिवारिक भेटघाटको लागि आज जापान जाँदैछन् । अध्यक्ष घले पालिका उपाध्यक्ष मञ्जु बुढाथोकी पनि सँगै जापान जाने भएकोले कार्यपालिका सदस्य तथा वडा नं ४ का वडाध्यक्ष राई कार्यवाहक अध्यक्षको आख्तियार दिईएको हो ।
अध्यक्ष घले र उपाध्यक्ष बुढाथोकी करीब ४० दिन जापानमा रहने जनाएको छ ।
अध्यक्ष घलेले आफ्नो सामाजिक सञ्जालमा लेख्दै भनेका छन् “वर्षातको समय भएकोले धनजनको क्षति हुनसक्छ यस्तो विषम परिस्थीतिमा सचेत सजग रहन सबैमा विनम्र अनुरोध गर्दछु। यस विपदको समयमा स्थानीय, ईलाका प्रहरी कार्यालयको सहयोग लिई नगर प्रहरी परिचालन समेत गरिएको छ। “
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
