काठमाडौं – आजदेखि भदौ १४ गतेदेखि दुई दिने दारी ग्याङ फुटसल प्रतियोगिता हुदैँछ।
सामाजिक क्षेत्रमा सक्रिय युवाहरूको समूह दारी ग्याङले प्रतियोगिता भदौ १४ र १५ गते काठमाडौंको बूढानीलकण्ठमा आयोजना हुने जनाएको छ ।
प्रतियोगितामा देशभरिबाट ३२ टोलीले प्रतियोगितामा भाग लिने आयोजक दारी ग्याङले जनाएको छ।
प्रतियोगिता पहिलो दिन १४ गते लिग चरणअन्तर्गतका ३२ टोलीको ४८ वटा खेलहरू हुनेछ। जसबाट १६ टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । प्रतियोगिताको दोस्रो दिन १५ गते नकआउट चरणमा १६ वटा टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन्।
विजेता ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ पाउने छन्। प्रतियोगिता अवधिभरिको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र शीर्ष गोलकर्तालाई पाँच हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
