नुवाकोट – विदुर नगरपालिकाको बट्टारस्थित सङ्गमचोकमा विद्युतीय सवारी सञ्चालनमा आएको छ ।
सोमबार एक कार्यक्रमकाबीच नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले चार्जिङ स्टेशनको उद्घाटन गरेका हुन् ।कार्यक्रममा अध्यक्ष श्रेष्ठले पेट्रोलियम पदार्थमा निर्भरतालाई परनिर्भर बनाउँदै आफ्नै देशमा उत्पादन हुने स्वदेशी बिजुलीको प्रयोगले आयस्रोत बढाउने बताउँदै जलमा आधारित उर्जाले देशको भविष्य सुनिश्चित गर्ने बताए ।
जिल्लामा भ्यानको लागि मात्र चार्जिङ स्टेशन हुदाँ कारको चार्जिङ स्टेशन नहुदाँ असुविधा रहेको अवस्थामा चार्जिङ स्टेशन सहजता प्रदान गर्ने सुर्यशक्ति इभि चार्जिङ स्टेशनका सञ्चालक शैलेन्द्रकुमार श्रेष्ठले बताए । चार्जिङ स्टेशनमा एकैपटक दुई वटा गाडी चार्ज गर्न सकिने सुर्यशक्ति इभिले निर्माण गरेको स्टेशनमा सवारीसाधन चार्ज गरेबापत् अनलाइनमार्फत नै रकम भुक्तानी गर्न सकिने सञ्चालक श्रेष्ठले जानकारी दिए ।
चार्जिङ स्टेशन सञ्चालनमा आएसँगै आसपासमा स–साना चियाखाजाका स्टल पनि सञ्चालनमा ल्याउने तयारी रहेको छ ।
जिल्लामा निजी विद्युतीय कारको संख्या पनि उल्लेख्य बढेकोले चार्जिङ स्टेशनको प्रयोग पनि बढेको छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
