नुवाकोट – मेरो माइक्रोफाइनान्स लघु वित्तिय संस्था लिमिटेड १३ औँ वर्षमा प्रवेश गरेको छ । नुवाकोटको बट्टारमा राष्ट्रियस्तरको लघुवित्तको रुपमा २०६९ कात्तिक २६ गते स्थापना भएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले छोटो समयमा संस्थाले अवलम्बन गरेको कार्यशैली, रणनीति, ग्राहकहरुको अगाध माया, अटुट विश्वास, नियमनकारी निकायको मार्गदर्शन, सेयरधनी सदस्यहरुको भरोसा, कर्मचारीको अतुलनिय योगदान तथा शुभचिन्तकहरु प्रति कृतज्ञता प्रकट गर्नु हुँदै संस्थाको छवि आजको दिनमा आइपुग्दा माइक्रोफाइनान्सहरुमा अब्बल संस्थाको रुपमा पहिचान बनाउन सफल रहेकोमा खुसी व्यक्त गरेका छन् ।
स्थापना वर्षमा १५ शाखा कार्यालयमार्फत् १४ हजारभन्दा बढी घरपरिवारहरुमा वित्तीय पहुँच पुर्याएको संस्थाले १२औं वर्षमा आइपुग्दा देशको ६४ जिल्लामा १४९ शाखा सञ्जालमार्फत् १ लाख ५० हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पुर्याउन सफल रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दाहालले जानकारी दिए ।
त्यसैगरी कम्पनीको हाल तीन अर्ब ४० करोड रुपैँया बराबर निक्षेप सङ्कलन गरी १५ अर्ब रुपैँयाभन्दा बढी कर्जा लगानी गर्न सफल भएको छ ।
देशका गणनीय सात वटा वाणिज्य बैंक र १ विकास बैंकबाट संयुक्त रुपमा प्रवर्धन गरी नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रही राष्ट्रियस्तरको लघुवित्त वित्तीय कम्पनीको रुपमा स्थापित संस्थाले ग्राहक सुहाउँदो विभिन्न किसिमका बचत तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
