नुवाकोट – लक्ष्मी सनराइज बैंकले नवौं आमन्त्रण गल्फ प्रतियोगितामा आत्माराम सिम्खडले ४३ अङ्क बटुल्दै विजेता बनेका छन्।
काठमाडौंको गोकर्ण रिसोर्टमा शनिबार भएको प्रतियोगितामा आशिषलाल श्रेष्ठले ४२ अङ्क प्राप्त गर्दै उपविजेता बनेका थिए।
यस्तै, उत्कृष्ट ग्रसमा टाशी छिरिङ (३८ अंक), वरिष्ठ श्रेणी विजेतामा तुलसी भट्ट (४० अंक), महिला विजेतामा तारा कार्की चित्रकार (३५ अंक) र महिला उपविजेतामा सुमित्रा खड्का (३० अंक) भएका छन्। सबैभन्दा लामो ड्राइभ नोर्बु छिरिङ शेर्पा
र अनिलकुमार सिन्हाले पिनको नजिक उपाधी प्राप्त गरेका छन्।
‘स्विङ फर सस्टेनेबिलिटी’ बिषयमा रही गरिएको उक्त प्रतियोगितले बैंकको शून्य कार्बन अवधारणा र हरित पहलहरुप्रतिको प्रतिबद्वतालाई जोड दिएको थियो ।
प्रतियोगिता पूर्व यस प्रतियोगितामा हुने सम्भावित सम्पूर्ण कार्बन उत्सर्जनको अध्ययन गर्दा उक्त कार्यक्रममा १ टन कार्बन उत्सर्जन हुने र त्यसलाई परिपुर्ति गर्न ४५ वटा रूख वृक्षारोपण गरिनुपर्ने आँकलन गरिएको थियो ।
यद्वपि बैंकले कुल १००० वटा रुख रोप्ने प्रतिबद्धता जनाएको छ। साथै हरेक सहभागीहरुलाई हरित तथा दिगो भविष्यको लागि आफ्नो व्यक्तिगत योगदान स्वरूप १(१ बिरुवा पनि प्रदान गरिएको थियो।
एक दिने सो कार्यक्रममा १०७ गोल्फरहरुको सहभागिता रहेको थियो जसमा ८ महिला प्रतियोगीहरू थिए । सहभागीहरुले ३४ ह्यान्डिक्यापको साथ १८ होल स्टेबलफोर्ड ढाँचामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विभिन्न क्षेत्रका कर्पोरेट लिडर, गोल्फ उत्साही तथा दिगोपनका अधिवक्ताहरुको उपस्थिती रहेको थियो ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
