काठमाडौं – जस्मिन पेन्ट्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई सद्भावना दूतको रूपमा नियुक्त गरेको छ।
‘नेपाली मनको नेपाली रङ्ग’ भन्ने नारासहित कम्पनीले आफ्नो उत्पादन प्रवर्द्धन र बजारीकरण विस्तारका लागि खड्कासँग सहकार्य गरेको हो।
कम्पनीले खड्कासँगको सहकार्यले खेलकुद क्षेत्रको विकास र युवाहरूको चाहनालाई सम्बोधन गर्दै, नेपाली खेलकुदमा थप योगदान पुर्याउने विश्वास लिएको छ।
यसअघि विभिन्न चर्चित कलाकारहरूसँग सहकार्य गर्दै आएको कम्पनीले यसपटक खेल क्षेत्रमा आधारित सहकार्यलाई प्राथमिकता दिएको हो ।
कम्पनीले सहकार्यले आफ्नो उत्पादनको बजारीकरणमा थप प्रभावकारी परिणाम ल्याउने अपेक्षा गरेको छ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
