नुवाकोट, मङ्सिर १९ । त्रिशूली अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन अभाव भएको छ। नुवाकोट, रसुवा र धादिङका सेवाग्राहीलाई सेवा पुर्याउँदै आईरहेको अस्पतालमा भ्याक्सिन नभएपछि सेवाग्राही मर्कामा परेका छन्।
त्रिशूली अस्पतालले भ्याक्सिन रित्तिएपछि बागमती प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रसँग भ्याक्सिन माग गरेको भएतापनि ढिलाई भएको अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले बताए । केन्द्रले समयमा खोप अस्पताल नपठाउँदा कुकुर–बिरालोलगायत जङ्गली जनावरले टोकेर आएकाहरू बिरामीहरु मर्कामा परेको छ । चालु आर्थिकवर्षको मङ्सिरमा ३७ जना बिरामीले भ्याक्सिन लगाई सकेको उनले जानकारी दिए ।
उनकाअनुसार प्रति एक जनालाई तीन डोज लगाउनुपर्ने भएको हुनाले स्टकमा नरहेकाले विदुर नगरपालिकाले आज एक कार्यक्रमकाबीच ४० डोज भ्याक्सिन सहयोग प्राप्त भएको छ ।
जनस्वास्थ्य कार्यालय नुवाकोटको तथ्यांकअनुसार गत आर्थिक २०८०/०८१ मा पाँच सय ९६ जना रेबिजको सुई लगाउन स्वास्थ्य संस्थामा आएका थिए । त्यसैगरी, गत आव ०७९/८० मा दुई सय ४५ जना कुकुरलगायतका जनावरले टोकेको भन्दै रेबिजविरुद्धको खोप लगाउन स्वास्थ्य संस्थामा आएको थियो ।
नेपालको संविधानले मौलिक हकअन्तर्गत धारा ३५ मा कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनिएको छ। तर, अस्पतालमा एन्टिरेबिविज भ्याक्सिन नहुँदा बिरामीहरुरू मौलिक हकबाट समेत वञ्चित हुनुपरेको छ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
