९ पुस, नुवाकोट – चौथौं संस्करणको एनयुएफसी फुटबल प्रतियोगिताको छात्रातर्फ फाइनल खेलमा चन्द्रज्योति माविले उपाधी जितेको छ ।
सोमबार (आज) भएको फाईनलमा चन्द्रज्योतिले पञ्चमिलन कलादेवी माविलाई ट्राईब्रेकरमा ५ ४ गोलअन्तरले हराउँदै उपाधि चुमेको हो ।
खेलको निर्धारित समयमा दुवै समुहबाट गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा धकलिएको हो ।
उपाधीसँगै चन्द्रज्योतिले १५ हजार र उपविजेता ७ हजार ५०० रुपैँया नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
अहिले छात्रतर्फको फाइनल खेल च्वाडी पब्लिक मावि र चन्द्रज्योति माविबीच भइरहेको छ ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा फाइनल खेलको प्रत्यक्ष प्रसारण नेपाल स्पोर्ट्स नेटवर्कको सामाजिक सञ्जालमार्फत हेर्न सकिने छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
