११ पुस, काठमाडौँ । नेपालको पत्रकारिता क्षेत्रका अग्रज सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कप फुटसल प्रतियोगिताको उपाधि वर्ल्ड नेवा अर्गनाइजेसन (डब्ल्यूएनओ) नेपाल च्याप्टरले जितेको छ ।
नेवाः पत्रकार राष्ट्रिय दबु (एनएफएनजे) ले आयोजना गरेको प्रतियोगिताको फाइनलमा राष्ट्रिय समाचार समिति (रासस)लाई सडन डेथमा ४–३ गोलले हराउँदै डब्ल्यूएनओ नेपाल च्याप्टरले उपाधि जितेको हो ।
निर्धारित समयमा १–१ गोलको बराबरीपछि खेल ट्राइब्रेकरमा धकलिएको थियो ।
प्रतियोगितामा नौ समुहको सहभागिता रहेको थियो ।
प्रतियोगितामा विजेता टिमका सुमन महर्जन उत्कृष्ट गोलरक्षक, फोनिजका किरण राई सर्वाधिक गोलकर्ता र टिम एभिएमका पुरुषोत्तम वज्राचार्य सर्वश्रेष्ठ खेलाडी चुनिए ।
यसैगरी प्रतियोगिताअन्तर्गत नेवाः महिला पत्रकार टिम र नेवाः महिला कलाकारबिच मैत्री खेल पनि खेलिएको थियो । जसमा पत्रकार टिम २–१ ले विजयी भएको थियो ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
