१३ पुस, विदुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नुवाकोटको नवौँ अधिवेशनबाट अध्यक्ष पदमा पुरुषोत्तम अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

अधिकारीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

अध्यक्षमा निर्वाचित अधिकारी यसअघि संस्थाको सचिव पदमा कार्य गरिसकेका छन् । अधिकारी सुर्यगढी गाउँपालिकामा रहेको नुवाकोट ग्लोरी इङ्ग्लिस बोर्डिङ स्कुलका सञ्चालक समेत हुन् ।

संस्थाको उपाध्यक्षमा राजन खतिवडा, सचिवमा रामजी भट्ट, कोषाध्यक्षमा रामशरण रिमाल सर्वसम्मत चयन भएका छन् ।

संस्थाको सदस्यहरुमा गगनकल्याण प्रधान, यादव अधिकारी र गोविन्द प्याकुरेल चयन भएका छन् ।

निर्वाचन संयोजक तथाप्याब्सन बागमति प्रदेशका वरिष्ठ उपाध्यक्ष मुरारी प्रकाश सञ्जेलले निर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरेका छन् ।

सम्बन्धित खवर