२१ पुस, नुवाकोट । दोश्रो संस्करणको बागमती प्रदेश लिगको उपाधी चितलाङ्ग फुटबल क्लबले जितेको छ ।

बागमती प्रदेश फुटबल संघद्वारा आयोजित सोमबार भएको फाईनलमा चितलाङ्गले दोलखा जिल्लाको टाईगर टिमलाई ३-० गोल अन्तरले पराजित गरेका हुन् ।

चितलाङ्गका लागि सुजित बुढाथोकीले २ गोल र आयुष कुँवरले १ गोल गरेका हुन् ।

लिग विजेता चितलाङ्गले नगद दुई लाख र उपविजेता टाईगरले एक लाख नगर पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

सम्बन्धित खवर