२४ फागुन, नुवाकोट । ढिकुरेमा भएको बृहत निःशुल्क स्वास्थ्य शिविरमा झण्डै आठ सय जना बिरामीहरुले सेवा लिएको यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टका अध्यक्ष डा. केदारनरसिंह केसीले जानकारी दिएका छन् ।
ट्रष्ट तथा नेपाल रेडक्रस सोसाइटी खानीगाउँ उपशाखाद्वारा संयुक्तरुपमा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
स्वास्थ्य शिविरमा स्त्री रोग तथा प्रसुती सेवा, आँखा तथा दृष्टिरोग, मनोरोग, नशा तथा हार्डजोर्नी सेवाहरुको निःशुल्क स्वास्थ्य जाँच तथा औषधी समेत वितरण गएिको छ ।
शिविरमा एक सय १० जनाको अल्टासाउण्ड, एक सय ४० को प्रयोगशाला परीक्षण, एक सय ५४ जनाको आँखा जाँच गरिएको अध्यक्ष केसीले जानकारी दिए । शिविरमा २२ जनाले रगत गरेका छन् ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
