१३ चैत, नुवाकोट । नेपाल विद्युत प्राधिकरणको प्रमुखमा रहेको कुलमान घिसिङलाई सरकारले पदबाट हटाएपछि देशभर आन्दोलन चर्किएको छ।
यसै सन्दर्भमा नेकपा माओवादी केन्द्र नुवाकोटले आज साँझ विदुर नगरपालिकाको बट्टारदेखि दम्कीसम्म कुलमानको पक्षमा नाराबाजीसहित पुनर्वहालीको माग गर्दै राँके जुलुस निकालेका छन् ।
भष्ट्राचार, बेथितिको साथै प्रतिगमनको विरुद्ध र कुलमानलाई गैरकानुनी रूपमा हटाईएको विरोधमा पार्टीका केन्द्रीय सदस्य हीरानाथ खतिवडाको नेतृत्वमा जुलुस निकालिएको थियो ।
मसाल जुलुसपछि कोणसभालाई सम्बोधन गर्दै खतिवडाले उज्यालो नेपाल बनाउने र लोडसेडिङमुक्त बनाउने कुलमानलाई गैरकानुनी रूपमा हटाईएकोमा उनले भत्सना गरेका छन् ।
विरोध प्रदर्शनलाई प्रहरीले हस्तक्षेप गर्दा माओवादीका कार्यकर्ता र विद्यार्थी नेता घाईते भएको नेकपा माओवादी केन्द्र विदुर नगर कमिटीका अध्यक्ष भोजराज पनेरुले जानकारी दिए ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
