१५ वैशाख, विदुर । जारी बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ ।

सोमबार भएको खेलमा नेपाल पुलिसले गण्डकी प्रदेश फुटबल सङ्घलाई निर्धारित समयमा ४-० गोल अन्तरले पराजित गरेका छन् ।

खेलको पहिलो हाफमा नेपाल पुलिसकी अमृता जैसी र निर्मला उपाध्यायले १/१ गोल गरिन्। खेलमा नेपाल पुलिसको तर्फबाट सुष्मा तामाङले २ गोल गरिन् ।

खेलमा नेपाल पुलिसकी सुष्मा तामाङ ‘प्लेयर अफ दि म्याच’ भईन् । उनले नगद पाँच हजार रुपैँया पुरस्कार प्राप्त गरिन् ।

यस्तै, खेलमा गण्डकीको तर्फबाट कुनै गोल हुन सकेन ।

सम्बन्धित खवर