१७ वैशाख, विदुर । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गतका बुधबार भएको पहिलो सेमीफाइनल खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।

नुवाकोट खेलकुद विकास समितिद्वारा आयोजित उक्त प्रतियोगितामा पुलिस क्लबले सङ्कटा फुटबल क्लबलाई १–० गोलले पराजित गरेको छ ।

प्रतियोगिताको मध्यान्तरपछि नेपाल पुसिल क्लबका जर्सी नं ३४ की मीना देउवाले ५७ मिनेटमा एक गोल गरी आफ्नो क्लबलाई फाइनलमा पु¥याउन सफल भएकी छिन् ।

खेलमा पुलिसका जर्सी नं ४ की समिक्षा घिमिरे रातो कार्ड प्राप्त गर्दा १० खेलाडीमा सिमित भएका थिए ।

खेलमा नेपाल पुलिसकी मीना देउवा ‘प्लेयर अफ दि म्याच’ भईन् । उनले नगद पाँच हजार रुपैँया पुरस्कार प्राप्त गरिन् ।

प्रतियोगितामा नेपालका विभागीय टिमसहित आठ वटा टिम सहभागी छन् ।

प्रतियोगिताका विजेता र उपविजेता ५ लाख र दुई लाख ५० हजार नगद पुरस्कारसहित शिल्ड, तक्मा र प्रमाणपत्र प्राप्त गर्ने नुवाकोट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले जानकारी दिए ।

सबै खेलको म्यान अफ द म्याच खेलाडीले पाँच हजार रुपैँया पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट खेलाडिलाई १० हजार रुपैँया नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर