१८ वैशाख, विदुर । बिहीवार भएको दोस्रो सेमिफाइनल खेलमा उपाधी दाबेदार टोली एपिएफ फुटबल क्लब विजयी भएको छ ।
जारी बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गतको खेलमा एपिएफले रौतहट जिल्ला फुटबल सङ्घलाई ५–० गोलले पराजित गरेको छ ।
नुवाकोट खेलकुद विकास समितिद्वारा आयोजित उक्त प्रतियोगिताको खेलको मध्यान्तरअघि एपिएफका अनिता बस्नेत, सविता रानामगर, सरु लिम्बु र रश्मीकुमारी घिसिङले १/१ गोल गरिन् ।
मध्यान्तरपछि एपिएफका निशा थोकरले थप १ गोल गर्दै आफ्नो टिमलाई फाइनलमा पुर्याए ।
खेलको सुरुवातदेखिनै एपिएफले रौतहटलाई दबाबमा राख्दै जीत हासिल गरेको हो ।
सख्त घाईते भई प्रिती राई खेलबाट बाहिरनु पर्यो । उनको घुँडामा चोट लागेको थियो ।
खेलमा एपिएफकी सविता रानामगर ‘प्लेयर अफ दि म्याच’ भईन् । उनले नगद पाँच हजार रुपैँया पुरस्कार प्राप्त गरिन् । साथै उनले सुजिम बजारबाट उपहार प्राप्त गरिन् ।
प्रतियोगिताको सबै खेलका ‘प्लेयर अफ दि म्याच’ का खेलाडीलाई सुजिम बजारले पुरस्कार सौजन्य गरेको छ ।
वैशाख २० गते शनिबार एपिएफले नेपाल पुलिस क्लबसँग फाइनलमा खेल्नेछ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
