११ जेठ, नुवाकोट । युवा व्यवसायीद्वय सन्तोष अधिकारी र पासाङ लामाले सिनेमा हल सञ्चालनमा ल्याएका छन्।

विदुर नगरपालिकाको बट्टारस्थित पुरानो बजारमा शिवालय सिनेप्लेक्स सिनेमा हल आजदेखि सञ्चालनमा ल्याइएको छ।

आईतबार बिहान चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले हलको उद्घाटन गरेका हुन् ।

सन्तोष र पासाङले सिनेमा हल निर्माणका लागि रूपैयाँ एक करोडभन्दा बढी खर्चिएको बताएका छन्।

सञ्चालक सन्तोषका अनुसार अडिटोरियम हल २ सय ४० सिट क्षमताको छ । अनलाईन बुकिङको प्रक्रियामा रहेकोले अर्को सातादेखि अनलाईनमार्फत् टिकट खरिद गर्न मिल्न सकिने उनले बताए ।

उद्घाटनको दिन सो सिनेमा हलमा नेपाली चलचित्र ‘नरसिंहा’ प्रदर्शनसँगै हल सञ्चालनमा ल्याइएको थियो ।

हलमा अपराह्न १२:१५, दिउँसो ३:१५ र साँझ ७:१५ गरी तीन शो हुने जनाएको छ ।

सम्बन्धित खवर