२० जेठ, विदुर । नुवाकोट बहिरा सङ्घको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुलाई १५ दिने कृषि तालिम दिईएको छ ।
बागमती प्रदेश सामाजिक विकास कार्यालयको आर्थिक सहयोग र कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा तालिम भएको हो ।
जिल्ला समन्वय समिति नुवाकोटको समन्वयमा भएको तालिममा २२ जना अपाङ्गता भएका व्यक्तिहरुले तरकारी खेती तथा कृषि सम्बन्धि तालिम लिएको बहिरा सङ्घका अध्यक्ष बिक्रम घलेले जानकारी दिए । तालिममा १२ जना सुनाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति र १० जना अन्य अपाङ्गता भएका व्यक्तिहरुले तालिमे लिएको उनले बताए ।
तालिम समापनमा जिल्ला समन्वय प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, विदुर नगरपालिका-२ का अध्यक्ष दीपक कायस्थ र कृषि विकास कार्यालय नुवाकोटका प्रमुख केशव खनालले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुलाई तालिम समापन पश्चात् कृषिऔजार, बीउ र आवश्यक अन्य सामग्री वितरण गरिएको थियो।
जेठ ५ गतेदेखि १९ गतेसम्म भएको तालिममा कृषि विकास कार्यालयका रामकृष्ण विश्वकर्माले सहजीकरण गरेका थिए ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
