६ असार, नुवाकोट । पिपलटारमा जारी प्रथम विदुर मेयर कप क्रिकेट प्रतियोगिताको फाईनल विदुर नगरपालिका वडा नम्बर ३ र ४ उपाधिको लागि भिड्ने भएका छन् ।
विदुर नगरपालिकाको आयोजना तथा नुवाकोट क्रिकेट संघको सहकार्यमा भएको प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा विदुर-७ लाई ३ विकेटले पराजित गर्दै विदुर-४ फाइनलको यात्रा तय गरेको हो ।
यसैगरी दोस्रो सेमिफाईनलमा खेलमा विदुर-३ ले विदुर-१ लाई १० विकेटको अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
अब उपाधिका लागि भोलि शनिबार दिउँसो १ बजेपछि वडा नम्बर ३ र ४ भिड्ने आयोजकले जनाएको छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
