८ असार, काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका–३१ स्थित वेगनास लेक फ्रन्ट रेष्टुरेण्टबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, उनीहरूको परिवार र बैंकका ग्राहकहरूले वेगनास लेक फ्रन्ट रेष्टुरेण्टमा उपलब्ध खाना तथा आवास सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन्। यो छुट वेगनासतालको मनोरम दृश्य अवलोकनसँगै खाना तथा बसाइको अनुभवलाई अझै सुखद बनाउने उद्देश्यले ल्याइएको हो।
सम्झौतापत्रमा वेगनास लेक फ्रन्ट रेष्टुरेण्टका प्रोप्राइटर विश्व राज पौडेल र प्रभु बैंक लिमिटेड, तालचोक शाखाका प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरेका छन्।
‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ देशभर सेवा दिइरहेको प्रभु बैंकले हाल ३११ शाखा, २८४ एटीएम र ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
