१९ असार, नुवाकोट । दलित शसक्तिकरण कार्यक्रम अन्तर्गत शिवपुरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा दलित समुदायलाई आधुनिक आरन वितरण गरेको छ ।
गाउँपालिका–३ र ८ का दलित परिवारलाई आरन र सिलाई उपकरण र जस्तापाता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले बताए । अध्यक्ष थपलियाले युवाहरुलाई सिपमार्फत् स्वरोजगार बन्न आह्वान गर्दै सामुदायिक समावेशी विकासमा यस्तो कार्यक्रमको महत्व स्पष्ट गरे।
दलित शसक्तिकरण कार्यक्रम अन्तर्गत ती समुदायका व्यक्तिहरूलाई उक्त सामाग्री वितरण गरिएको शिवपुरी गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक केशवप्रसाद रिजालले बताए ।
सशक्तिकरणको आशा दिएको सामग्री दलित समुदायको क्षमता विकास, आत्मनिर्भरता तथा जीविकोपार्जनमा टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
