१५ साउन, नुवाकोट। विदुर नगरपालिका-४ स्थित बट्टारमा रहेको पुरानोपाटीसगैँ पुन:निर्माण गरिएको भवन बट्टार टोल सुधार संस्थालाई हस्तान्तरण गरिएको छ ।
बिहिबार एक कार्यक्रमकाबीच बिदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले उक्त भवनको उद्घाटन गर्नुको साथै बट्टार टोल सुधार संस्थाका अध्यक्ष श्यामसुन्दर श्रेष्ठलाई साँचो दिएर भवन हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा नगरप्रमुख श्रेष्ठले नगरपालिकामा रहेका ऐतिहासिक, धार्मिक सम्पदाको संरक्षण तथा सम्बर्द्धनले समग्र जिल्लाकै आर्थिक चलायमान तथा पर्यटन प्रबर्द्धन हुने बताए ।
कार्यक्रममा विदुर नपा-४ का अध्यक्ष निलमबाबु ढुङ्गेलले ऐतिहासिक महत्त्व बोकेको स्थानको संरक्षणको लागि पाटीसँगै रहेको भवनको पुन:निर्माण गरिएको बताए ।
करीब ७० लाख रुपैँयाको लागत निर्माण भएको भवन सामुदायिक रुपमा प्रयोग गरिने संस्थाका अध्यक्ष श्रेष्ठले बताए ।
कार्यक्रममा विदुर नपा-४ का पूर्व वडाध्यक्ष टलकमान श्रेष्ठ, संस्थाका पदाधिकारी तथा सदस्य, स्थानीय लगायतको सहभागिता रहेको थियो ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
