बिदुर । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दिनेश आचार्यले पार्टी परित्यागको घोषणा गरेका छन । पार्टीभित्र बौद्धिक नेताको छबी बनाएका व्यावसायिक पृष्ठभुमिका आचार्यले शनिबार बेलुका आफ्नो सामाजिक संजाल फेसबुकमा पार्टी महामन्त्रीलाइ सम्बोधन गरि राजिनामा दिएकाे पत्र सार्बजनिक गरेका हुन ।

पार्टीको केन्द्रीय बित्त ( मौद्रिक एवं पुँजीबजार) बिभाग र निर्बाचन परिचालन समितिको सदस्य रहेका आचार्यले सबै जिम्मेवारीबाट राजिनामा दिएकाे घाेषणा गरेका छन् । बिशेष गरेर नुवाकोट क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन निर्माण र बिस्तारमा महत्त्वपूर्ण भुमिका निर्बाह गरेका आचार्यको पार्टी परित्यागलाइ अर्थपूर्ण रुपमा हेरिएकाे छ ।

सम्बन्धित खवर