बिदुर । नुवाकोटको प्रसिद्ध सिन्दुरे जात्रा आज सम्पन्न हुँदैछ । आज शनिवार दिउँसो बिदुर नगरपालिका वडा नम्वर २ को नुवाकोटठ दरबार क्षेत्रमा रहेको भैरबी मन्दिर नजिकैको ब्रम्हायणी मन्दिरमा दरबार मौला अमाल नुवाकोटका द्वारे महेन्द्रबहादुर शाहीले धामी र धमिनीलाई सिन्दुर पहिर्याएपछि सिन्दुरे जात्रा सुरु हुने छ । त्यसअघि शनिवार दिउँसो ३ बजे धरमपानीबाट नेपाली सेनाको बैण्ड टोली, स्थानीय जनप्रतिनिधि, जिल्लाका उच्च पदस्थ सरकारी अधिकारी र स्थानीय नागरिकहरुको टोली भैरबीको रथ र धामी धमिनीसहित भैरबी माताको जयजयकार गर्दे ब्रम्हायणी मन्दिर पुग्ने कार्यक्रम रहेको छ । ब्रम्हायणी मन्दिरमा सिन्दुर जात्रा सुरु भएपछि तलेजु भवानी मन्दिरसम्म पुग्ने कार्यक्रम रहेको छ ।
यसअघि बिहिबार भैरबीको रथयात्रा सहित बिदुर नगरपालिका वडा नम्वर ५ को देबिघाटमा रहेको जालपादेबी मन्दिर पुगेका धामी धमिनीसहितको शुक्रवार मध्यरातमा देबिघाटबाट प्रस्थानगरि शनिवार बिहान धरमपानीमा पुगेको थियो । (तस्वीर : फाईल)
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
