नुवाकोट – विदुर नगरपालिका अन्तर्गतका बन्द भएका सबै विद्यालय भोलि बुधबारदेखि सञ्चालन हुने भएका छन् ।

नगरपालिकाले नगर क्षेत्रमा कोरोनाको सङ्क्रमणदर बढ्दो भएको भन्दै माघ ५ गतेदेखि पठनपाठन गर्नमा रोक लगाएको थियो ।

नगरपालिकाले एक सूचना जारी गर्दै नगरमा सङ्क्रमणदर कम हुनुको साथै विद्यार्थीहरुले खोप लगाएको हुनाले विद्यालयहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी भोलि माघ २६ गतेदेखि विद्यालय सञ्चालन गर्न पाउने जनाएको हो ।

पछिलो २४ घण्टामा नगरका कुनै पनि नागरिक सङ्क्रमित नरहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। अहिले विदुर नगरपालिकामा महिला २७ र पुरुष ३७ गरी कुल ६४ जना होम आईसोलेसनमा रहेका छन्। अहिलेसम्म नगरका ३ हजार ८१६ जना सङ्क्रमित भईसकेका छन् ।यस्तै, बेलकोटगढी नगरपालिकाले मङ्गलबारबाटै विद्यालय सञ्चालनको लागि अनुमति दिएको थियो ।

सम्बन्धित खवर