नुवाकोट – नेपाल मगर संघ नुवाकोटद्वारा स्थापित गरिएको “जयन्त राना मगर र मानसिँह खड्का मगर स्मृति कोष” मा भरत पुलामी मगरले आफ्नाे छाेराको व्रतबन्ध (छेवर)को अवसरमा आर्थिक सहयोग गरेका छन् ।

मगर संघ नुवाकोटका काेषाध्यक्ष समेत रहेका उनले आफ्नो छोराको व्रतबन्धको अवसरमा दुईलाख एकसय अट्सट्ठी रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । व्रतबन्धको अवसरमा आफ्ना पितृहरुको सम्झनामा आर्थिक सहयोग गरेको उनले बताए ।

शुक्रबार उनले स्मृति काेषका अध्यक्ष रामकुमार खड्का मगरलाई नेपाल मगर संघका केन्द्रीय सदस्य मानबहादुर राना मगर र नेपाल मगर संघ नुवाकोटका अध्यक्ष रामकृष्ण थापा मगरको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

सहयोगदातालाई उक्त सराहनीय कार्यकाे उचित मूल्यांकन गर्दै दाेसल्लासहित सम्मानपत्रद्वारा सम्मान समेत गरिएको नेपाल मगर संघ नुवाकोटका अध्यक्ष रामकृष्ण थापा मगरले बताए ।

यसअघि पनि उनले जिल्लाका शैक्षिक तथा सामाजिक क्षेत्रमा आर्थिक सहयोग गरेका थिए ।

सम्बन्धित खवर