नुवाकोट – जबर्जस्ती करणी अभियोगमा दुई युवाहरुलाई अस्थाई प्रहरी पोष्ट गुर्जेबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

२४ वर्षीया महिलालाई करणी गरिएको अभियोगमा २५ वर्षीय राजु तामाङ र ४२ वर्षीय सुजन गुरुङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

पिडित महिलालाई फोनमार्फत् काम छ भनि आफ्नै घरमा बोलाएर शनिबार दिउँसो राजुले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । घटनापछि उक्त ठाउँबाट आफ्नो घरतर्फ फर्किने क्रममा पिडित महिलालाई बाटोमा सुजनले पनि जबरजस्ती करणी गरेको खबर पश्चात् प्रहरीले ती दुईलाई नियन्त्रणमा लिईएको जनाएको छ ।

थप अनुसन्धानको लागि प्रहरीले हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

सम्बन्धित खवर