तपाईंको कारोबार पूर्ण नभएकोले हाललाई सेवा बन्द गरिएको छ।
धन्यवाद !
विदुर – आज नुवाकोट जिल्लाभित्र कुनै अनि कोरोना संक्रमित नभेटिएको रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । सक्रिय संक्रमितको संख्या एक जनामात्रै रहेको छ ।
तथ्यांकअनुसार कोरोनाको पहिलो भेरियन्टमा एक जनाको र दोश्रो भेरियन्टमा ५१ जनाको ज्यान गएको छ। पछिल्लो समयमा जिल्लामा कोरोना संक्रमितको संख्या न्यून देखिएको छ ।
सक्रिय संक्रमित भनिएका एक जना बेलकोटगढीको रहेको र हाल होमआईसोलेसनमा रहेका छन् ।
हालसम्म नुवाकोटमा कोरोना संक्रमित महिलाको संख्या ३ हजार ८०६ जना र पाँचहजार ५५७ पुरुष गरी कुल ९ हजार ३६३ जना रहेको छ । जसमध्ये ९ हजार ३१० जना संक्रमणमुक्त भइसकेका छन् ।
हालसम्म नुवाकोटमा सबैभन्दा बढी प्रभावित संक्रमित विदुर नगरपालिकाभित्र रहेका छन् । जसमा महिला १ हजार ६०२ र पुरुष २ हजार २७२ जना रहेका छन् । सबैभन्दा कम संक्रमित पन्चकन्या गाउँपालिकामा रहेका छन् । जसमा महिला ८१ जना र पुरुष १२९ जना रहेका छन् ।
नुवाकोटमा हालसम्म महिला ११ हजार १२० जना र पुरुष १९ हजार ८१३ जना गरी कुल ३०८ हजार ९३३१ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
नुवाकोटमा कोरोना संक्रमणबाट ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
© 2024, All right reserved to तपाईंको कारोबार पूर्ण नभएकोले हाललाई सेवा बन्द गरिएको छ।
Site by: Trishuli Web