सिन्धुली – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सिन्धुलीले मोटरसाइकल दुर्घटनामा मृत्यु भएका पत्रकार अञ्जन रानामगरको स्मृतिमा अक्षय कोष स्थापना गर्ने भएको छ । स्वर्गीय पत्रकार रानाको छोरीको पठनपाठन तथा स्वास्थ्य उपचार खर्चका लागि अक्षय कोष स्थापना गर्ने निर्णय गरिएको फोनिज सिन्धुलीले जनाएको छ ।
फोनिज सिन्धुलीको बिहिबार बसेको बैठकले स्वर्गीय पत्रकार अञ्जन रानाको स्मृतिमा तीन लाखको अक्षय कोष स्थापना गर्ने निर्णय गरिएको फोनिज सिन्धुलीको अध्यक्ष रोहितकुमार गुरुङले जानकारी दिए । अक्षय कोषबाट रानाको छोरीको पठनपाठन र स्वास्थ्य उपचारमा खर्च गरिने अध्यक्ष गुरुङले जानकारी दिए । संस्थामा रहेको रकममा सदस्यहरुबाट स्वच्छिक सहयोग रकम संकलन गर्ने र विभिन्न संघ संस्थासँग सहयोग माग्ने अध्यक्ष गुरुङले बताए ।
पत्रकार रानाको २३ गते सोमवार समाचार संकलन गर्न गोलञ्जोर गा.पा. जाने क्रममा कमलामाई नगरपालिका वडा नं. २ को ढङ्ग्रेभञ्ज्याङमा मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएको थियो ।
राना विगत एक दशक देखि सिन्धुलीमा पत्रकारिता गर्दै आएका थिए । रेडियो शिद्धबाबामा कार्यरत राना फोनिज सिन्धुलीको कार्यसमिति सदस्य थिए । उनी प्रेस चौतारी नेपाल सिन्धुलीका सहसचिव र प्राइम टेलिभिजन सिन्धुली जिल्ला सम्बादाता थिए ।
© 2025, All right reserved to Uttargaya Daily
Site by: Trishuli Web