कालिकास्थान – साहित्यकार दिपा न्यौपाने नगद पुरस्कारसहित सम्मानित भएकी छिन् ।
शनिबार भएको कालिका गाउँपालिकाद्वारा आयोजित सार्वजनिक सुनुवाईमा गाउँपालिका अध्यक्ष सीताकुमारी अधिकारी, उपाध्यक्ष भवानीप्रसाद न्यौपाने र प्रमुख प्रशासकिय अधिकृत वाचस्व सुनुवारले संयुक्त रुपमा साहित्यकार न्यौपानेलाई दोसल्ला ओढाई नगद १० हजारसहित सम्मानपत्रले सम्मान गरेका छन् ।
शशीकला उपन्यासबाट महिला लेखकको रुपमा नेपाली साहित्य क्षेत्रमा स्थापित भइ गाउँपालिकाको गरिमा बढाएकोमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा साहित्यकार न्यौपानेलाई सम्मान गरिएको गाउँपालिकाकी अध्यक्ष अधिकारीले जानकारी दिईन् ।
उनीले गत कार्तिक महिनामा १७६ पृष्ठको “शशिकला” उपन्यास बजारमा ल्याएकी थिईन् ।
आमा जानुकादेवी र बुबा कृष्णबहादुर न्यौपानेको कोखबाट वि.सं. २०५७ साल असार २९ गते जन्मिएकी उनी कालिका गाउँपालिका-३ कटुन्जेकी निवासी हुन् ।
© 2025, All right reserved to Uttargaya Daily
Site by: Trishuli Web