नुवाकोट – निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर बनाएको आचारसंहिता राजपत्रमा प्रकाशित गरेको छ ।

स्थानीय तहका जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने व्यवस्था गरिएको छ ।

स्थानीय तहको निर्वाचनका लागि निर्धारण भएको सीमानुसार महानगरपालिकाको मेयर तथा उपमेयरले ७ लाख ५० हजारसम्म खर्च गर्न पाउने उल्लेख छ । उप नगरपालिकाको मेयर तथा उपमेयरले ५ लाख ५० हजारसम्म खर्च गर्न पाउने छ ।

नगरपालिकाको मेयर तथा उपमेयरका लागि ४ लाख ५० हजार र वडाध्यक्ष र सदस्यहरुका लागि २ लाखको खर्चको सीमा निर्धारण गरेको छ ।

यस्तै, गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षको लागि ३ लाख ५० हजार र वडाध्यक्ष तथा सदस्यहरुको लागि १ लाख ५० हजार खर्च सिमा निर्धारण गरेको छ ।

निर्वाचन आचारसंहिताको पूर्णपाठ

सम्बन्धित खवर