बिदुर । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको ३८ औं बार्षिकोत्सवमा क्याम्पसबाट हालसम्म स्नातकोत्तर तह उत्र्तिण दुक्षर््सय ७० बिद्यार्थी सम्मानित भएका छन् ।

कार्यक्रममा क्याम्पसको भौतिक पूर्बाधार बिकासमा योगदान पु¥याएबापत बिदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ पनि सम्मानित भए ।

शनिवार आयोजित बार्षिकोत्सव समारोहमा बागमती प्रदेशसभा सदस्य एवं नेपाली काँग्रेस नुवाकोटका सभापति रमेशकुमार महत र बागमती प्रदेशसभाका पूर्ब सदस्य हिरानाथ खतिवडाले प्रमुख श्रेष्ठलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मानित गरे । कार्यक्रममा क्याम्पसमा लामो समयसम्म सेवा गरेका प्राध्यापक र कर्मचारीहरुलाई समेत सम्मानित गरिएको थियो भने क्याम्पसका सम्पूर्ण गतिबिधि समेटेर प्रकाशन गरिएको आदर्श दर्पण नामक स्मारिका समेत बिमोचन गरियो ।


यसअघि नेपाल सरकारका अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले ‘भर्चुअल’ माध्यमबाट बार्षिकोत्सवको उद्घाटन गरेका थिए ।

त्यसक्रममा अर्थमन्त्री डाक्टर महतले नुवाकोट, रसुवा र धादिङको प्रमुख शैक्षिक संस्थाका रुपमा स्थापित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको समग्र सुधारमा आफू निरन्तर प्रयत्नशील रहने प्रतिबद्धता जनाउँदै राज्यले गरेको लगानी अनुसार शैक्षिक प्रगतीका लागि सरोकारवाला सबैको ऐक्यबद्ध प्रयत्न रहनुपर्ने धारणा ब्यक्त गरेका थिए ।


कार्यक्रममा बागमती प्रदेशसभा सदस्य महत, पूर्ब सदस्य खतिवडा, नुवाकोट काँग्रेसका उपसभापति राजु थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका नुवाकोट संयोजक रामेश्वर गजुरेल, एकीकृत समाजबादीका सूर्यबहादुर कँडेल, समाजसेवी मोहनबहादुर खड्का, त्रिशूली अस्पताल ब्यवस्थापन तथा संचालन समितिका अध्यक्ष राजु पंडित, क्याम्पस सभा सदस्य रुक्मिणी सेढाई, प्रजातान्त्रिक बिचार समाजका अध्यक्ष होमनाथ नेपाल, क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष श्रीराम श्रेष्ठ, क्याम्पस प्रमुख नारायणमान डंगोल, पब्लिक क्याम्पस प्राध्यापक संघका अध्यक्ष जितेन्द्र अर्याल, स्वतन्त्र बिद्यार्थी युनियनका सभापति रबिन दाहाल लगायतले नुवाकोटको शैक्षिक बिकासमा क्याम्पसले पु¥याएको योगदान र शैक्षिक उन्नयनका लागि चालिनुपर्ने कदमहरुका बारेमा आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।

सम्बन्धित खवर