बिदुर । शनिवार तादी गाँउपालिका वडा नम्वर ४ स्थित सातबिसे बजारमा भएको सवारी दुर्घटनामा एकजना पैदल यात्रीको मृत्यु भएको छ ।

बेलुका सातबजेको समयमा घ्याङ्स्वारा बाट सातबिसे तर्फ आउँदै गरेको बा. ३ ख. ३५४३ नम्बरको बसले ठक्कर दिँदा घाईते भएका पैदल यात्री ७० बर्षिय डिल्लीबहादुर पाठकको उपचारको क्रममा काठमाण्डौ स्थित ग्राण्डी अस्पतालमा आईतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना लगत्तै बस र बस चालक तादी गाउँपालिका वडा नम्वर ४ का ४० बर्षिय दिपेन्द्रराज पाठकलाई नियन्त्रणमा लिईएको र आईतबार नुवाकोट जिल्ला अदालतबाट सवारी ज्यान मुद्धामा नौ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।

सम्बन्धित खवर