बिदुर । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्वर ५ मा छोराले बाबुको हत्या गरेका छन् । गत शुक्रवार राती २ बजेको समयमा पाँचपोखरीस्थित आफ्नै घरमा भएको बिवाद बढ्दै गएपछि मदिराको नसामा रहेका १७ बर्षिय फुलकुमार ( परिवर्तित नाम)ले ५५ बर्षिय बाबु भरतबहादुर नेपालीलाई ढोकामा लाउने आग्लोले टाउकोमा प्रहार गरि घांटी थिचि हत्या गरेको प्रहरीले जनाएको छ । घटनाको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले अभियुक्त फुलकुमार र उनलाई बुबाको हत्यामा सहयोग गनउनकी श्रीमती ३७ बर्षिय जमुना नेपालीलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिईएका अभियुक्तहरुलाई मुलुकी अपराध संहिता २०७४, ज्यान सम्बन्धि कसूरमा अनुसन्धान गर्न आईतबार जिल्ला अदालत नुवाकोटबाट पाँच दिनको म्याद लिइ थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

सम्बन्धित खवर