बिदुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), बिदुर नगर समितिको तेस्रो नगर सम्मेलनले बिदुर नगरपालिका वडा नम्वर ५ पिपलटारका भोजराज पनेरुको नेतृत्वमा सर्बसम्मत ५५ सदस्यीय नगर समिति चयन गरेको छ । सम्मेलनबाट समितिको उपाध्यक्षहरुमा संजिव थपलिया, दिनेश बोगटी र ठाकुर वस्ती, सचिवमा भवानी पाठक घले, कोषाध्यक्षमा धिरज बिक र सह–सचिवमा श्यामबहादुर रोक्का सर्बसम्मत चयन भएका छन् ।
यसअघि गत शुक्रवार माओवादी पोलिट्ब्यूरो सदस्य हितबहादुर तामाङले सम्मेलनको उद्घाटन गरेका थिए भने बन्दशत्रबाट ५५ सदस्यीय समिति चयन गरिएको थियो । सोमबार ५५ सदस्यीय समितिबाट सर्बसम्मतरुपमा नेतृत्व चयन गरिएको बताईएको छ ।
© 2025, All right reserved to Uttargaya Daily
Site by: Trishuli Web