बिदुर । संबिधान सभा सदस्य एवम नेपाली कांग्रेसका नेता जगदिश्वोरनरसिंह केसीसहित बेलकाेटगढी नगरपालिकाका जनप्रतिनिधिहरुको टाेलिले साेमबार कृषि तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारी लाई भेटगरि कृषीसंग संबंधित समस्याहरुको समाधानका लागि ध्यानाकर्षण गराएकाे छ । भेटमा नुवाकोट जिल्लाको उत्पादन वृद्धिले राजधानीको माग लाई समेत धान्ने हुदा समयमा आवश्यक मलखादको उचित प्रबन्ध गर्न आग्रह गरिएको बेलकाेटगढी नगरपालिकाका उपप्रमुख शिवप्रसाद दहालले बताए । बेलकाेटगढीका लागि यस अघि निर्धारित रासायनिक मलको काेटा अब्याबहारिक भएकाले त्यसमा पुनर्बिचार गर्न समेत आग्रह गरिएकाे उपप्रमुख दाहालले जानकारी दिए ।

© 2025, All right reserved to Uttargaya Daily
Site by: Trishuli Web