बिदुर । २०५५ साल बैशाख २० गते बिदुर नगरपालिका वडा नम्वर १३ देउडी बस्ने ५३ बर्षिय लक्ष्मण तामाङलाई कर्तव्य गरी मार्ने कार्यमा संलग्न रहेका प्रतिवादी २६ बर्षपछि पक्राउ परेका छन् । उक्त घटनामा संलग्न रहेका तारकेश्वर गाउँपालिका वडा नम्वर ५ काभ्रेगाँउका माईला भन्ने छेप्पा तामाङलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०५७ साल माघ ९ गतेको फैसला बमोजिम २० बर्ष जन्म कैद भएका तामाङ फरार रहँदै आएपनि पछिल्लो समय घर ठेगानामा नै लुकेर बसेको बिशेष सूचनाको आधारमा प्रहरी चौकी दाङसिंबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले उनलाई बुधबार बिहान सात बजेको समयमा तारकेश्वर गाउँपालिका वडा नम्वर ५ को निग्लेनीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । कार्यालयका अनुसार तामाङलाई बुधबार नै नुवाकोट जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले भुक्तान गर्नुपर्ने १९ बर्ष कैद भुक्तानको लागि कारागार कार्यालय नुवाकोट पठाईएको छ ।
© 2025, All right reserved to Uttargaya Daily
Site by: Trishuli Web