बिदुर । नेपाल सरकारका उपप्रधान तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंह नुवाकोट आउने भएका छन् । माघे संक्रान्तिको अवसरमा तारकेश्वर गाउँपालिका वडा नम्वर ३ को चन्दनीमा आयोजना हुने मकर संक्रान्ति मेलामा सहभागि हुन उपप्रधान मन्त्री सिंह नुवाकोट आउन लागेका हुन् । मेलामा बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाको समेत उपस्थिती रहने बताईएको छ । माघे संक्रान्ति गोरु जुधाई महोत्सव समितिका अनुसार यसपटक चन्दनीको कटहरबोट पाटामा १४ हल गोरु जुधाउने तयारी गरिएको छ ।
© 2025, All right reserved to Uttargaya Daily
Site by: Trishuli Web