बिदुर । बिदुर नगरपालिकाको स्विकृत वार्षिक कार्यक्रम अन्तर्गत वडा नम्वर ७ को साहुगाउँमा ‘प्याज पकेट कार्यक्रम’ संचालन भएपछि कृषकहले प्याजको ब्यावासायिक खेती सुरु गरेका छन् । प्याजको व्यावसायिक खेतीका लागि नगरपालिकाले आवश्यक तालिम, बीउ र कृषि औजारहरुको समेत प्रबन्ध गरिदिएपछि कृषकहरु यसतर्फ आकर्षित भएका हुन । यसैक्रममा बिदुर नगरपालिकाले प्याजको व्यावसायिक खेतीमा संलग्न कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार र सिंचाईका लागि आवश्यक सामग्रीहरु उपलब्ध गराएको छ । बिहिबार बिदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, वडा नम्वर ७ का वडा अध्यक्ष रबिन्द्र नेपालले ७ वटा मिनि ट्रिलर, ८ वटा स्प्रेयर र सिंचाईका लागि आवश्यक पाईपहरु उपलब्ध गराए । नगरपालिकाको कृषि शाखाका अनुसार साहुगाउँको करिब तीनसय रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा प्याज खेती सुरु गरिएको छ ।

सम्बन्धित खवर