बिदुर । राष्ट्रिय एकता दिवस तथा ं३०३ औं पृथ्वी जयन्तीको अवसरमा बिदुर नगरपालिकाको आयोजनामा शुक्रवारबाट अन्तर पालिकास्तरीय महिला भलिवल प्रतियोगिता सुरु भएको छ । जिल्ला भलिवल संघको व्यवस्थापनमा त्रिशूली कोलोनीमा जारी प्रतियोगितामा नुवाकोटका ५ वटा पालिकाहरुको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तर्गत शुक्रवारको पहिलो खेलमा किस्पाङ गाउँपालिकाले बिदुर नगरपालिकालाई १६–२५, २५–१९ र १५–११ को सेटमा पराजित गर्यो भने दोस्रो खेलमा म्यागङ गाउँपालिकाले लिखु गाउँपालिकालाई २५–१८, १८–२५ र १५–१२ को सेटमा पराजित गर्यो । त्यस्तै प्रतियोगिताको तेस्रो खेलमा किस्पाङ गाउँपालिकाले तादी गाउँपालिकालाई २०–२५,२५–१७ र १५–१३ को सेटमा तथा चौथो खेलमा तादी गाउँपालिकाले बिदुर नगरपालिकालाई २५–१२,२५–१२ को सोझो सेटमा पराजित गर्यो ।
प्रतियोगिता अन्तर्गत शुक्रवार नै भएको पहिलो सेमिफाईनल खेलमा किस्पाङ गाउँपालिकालाई २५–१३ र २५–१२ को सोझो सेटमा पराजित गर्दे लिखु गाउँपालिका फाईनल प्रबेश गरेको छ । लिखुले शनिवार बिहान हुने म्यागङ र तादी गाउँपालिका बिचको खेलको बिजेतासंग उपाधिका लागि प्रतिस्पर्धा गर्ने नुवाकोट भलिवल संघले जनाएको छ ।
यसअघि निर्णायकहरुलाई बल हस्तान्तरण गर्दे बिदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरेका थिए । त्यसक्रममा नगरप्रमुख श्रेष्ठले खेल क्षेत्रको समग्र बिकासमा मुलुकको समृद्धि निर्भर रहेको र यसबाट मुलुकको बलियो परिचय समेत स्थापित हुने बताउँदै खेल क्षेत्रको बिकासका लागि नगरपालिका सदैब प्रयत्नशील रहेको धारणा ब्यक्त गरे । त्यसक्रममा बिदुर नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष हरेराम भण्डारी र नुवाकोट भलिबल संघका अध्यक्ष सुबास पाण्डेले खेल क्षेत्र संबन्धित बिषयहरुमा आफ्ना धारणाहरु राखेका थिए ।

सम्बन्धित खवर