बिदुर । राष्ट्रिय एकता दिवस तथा ं३०३ औं पृथ्वी जयन्तीको अवसरमा बिदुर नगरपालिकाको आयोजनामा भएको अन्तर पालिकास्तरीय महिला भलिवल प्रतियोगिताको उपाधि म्यागङ गाउँपालिकाले जितेको छ । शनिवार बिहान भएको प्रतियोगिताको फाईनल खेलमा प्रतिस्पर्धी लिखु गाउँपालिकालाई २५–११ र २५–२० को सोझो सेटमा पराजित गर्दे म्यागङले उपाधि जितेको हो । यसअघि सेमिफाईनल खेलमा तादी गाउँपालिकालाई २५–११ र २५–१५ को सोझो सेटमा पराजित गर्दे म्यागङ गाउँपालिका फाईनल प्रबेश गरेको थियो भने किस्पाङ गाउँपालिकालाई २५–१३ र २५–१२ को सोझो सेटमा पराजित गर्दे लिखु गाउँपालिकाले फाईनल यात्रा तय गरेको थियो । जिल्ला भलिवल संघको व्यवस्थापनमा त्रिशूली कोलोनीमा सम्पन्न प्रतियोगितामा नुवाकोटका ५ वटा पालिकाहरुको सहभागिता रहेको थियो ।
© 2025, All right reserved to Uttargaya Daily
Site by: Trishuli Web