बिदुर । बिगतका बर्षहरुमा नुवाकोटका दुईस्थानमा पृथ्वी जयन्ती मनाउने गरिन्थ्यो । अझ त्यसमा पनि मुलुकमा गणतन्त्र स्थापनापछि यो कार्यक्रम मनाउने कि नमनाउने भन्ने बिवाद पनि केही समय कायम नै रह्यो । कार्यक्रम मनाईदा पनि नुवाकोट र देबिघाटमा एकै दिन एकै समयमा फरक–फरक कार्यक्रम आयोजना गरिँदा कार्यक्रमले खासै महत्व नपाईरहेको अवस्था हुन्थ्यो भने एकता दिवसको कार्यक्रम आफैंमा बिभाजित हुँदा त्यसले नागरिकमा सकारात्मक सन्देश समेत प्रवाह गर्न सकिरहेको अवस्था थिएन् । तर यसपटक बिदुर नगरपालिकाको आयोजना र ब्यवस्थापनमा एकीकृत रुपमा राष्ट्रिय एकता दिवस तथा ं३०३ औं पृथ्वी जयन्तीको कार्यक्रम संचालन भएपछि त्यसमा देखिएको नागरिक सहभागिताले पृथ्वी जयन्ती र एकता दिवसको महत्व त उजागर गरेको छ नै नागरिकमा एकीकरण अभियानका महानायकप्रतिको समर्पण समेत स्पष्ट पारिदिएको छ । शनिवार पृथ्वी नारायणशाहको समाधिस्थलदेखि उनले राज्य संचालन गरेको नुवाकोट दरबार क्षेत्रसम्मको कार्यक्रममा समाजका सबै क्षेत्रको प्रतिनिधित्व त थियो नै सबै राजनीतिक दल, नागरिक समाज, उद्योग बाणिज्य क्षेत्र, संचार क्षेत्र सबैको सहभागिताले बर्तमानमा पनि राष्ट्रिय एकताको उत्तिकै सान्दर्भिकता र आवश्यकता रहेको स्पष्ट सन्देश प्रवाहित गरिरहेको थियो ।

नुवाकोटमा यसपटकको राष्ट्रिय एकता दिवस तथा ं पृथ्वी जयन्तीको कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाको उपस्थितीले राज्यको तर्फबाट समेत यो कार्यक्रमलाई बिशेष महत्व दिएको स्पष्ट पारेको थियो । कार्यक्रमको पूर्ण समय उपस्थित रहेका मुख्यमन्त्री लामाले बर्तमानमा पनि पृथ्वी नारायणका दिब्योपदेशहरु उत्तिकै सान्दर्भिक रहेको बताउँदै एकीकरण मार्गको एकीकृत बिकास गर्न सके जिल्लाको पर्यटकीय बिकासमा समेत त्यसबाट योगदान पुग्ने सोचका साथ प्रदेश सरकारले आवश्यक रणनीति बनाउने प्रतिबद्धता जनाए ।

बिदुर । बिगतका बर्षहरुमा नुवाकोटका दुईस्थानमा पृथ्वी जयन्ती मनाउने गरिन्थ्यो । अझ त्यसमा पनि मुलुकमा गणतन्त्र स्थापनापछि यो कार्यक्रम मनाउने कि नमनाउने भन्ने बिवाद पनि केही समय कायम नै रह्यो । कार्यक्रम मनाईदा पनि नुवाकोट र देबिघाटमा एकै दिन एकै समयमा फरक–फरक कार्यक्रम आयोजना गरिँदा कार्यक्रमले खासै महत्व नपाईरहेको अवस्था हुन्थ्यो भने एकता दिवसको कार्यक्रम आफैंमा बिभाजित हुँदा त्यसले नागरिकमा सकारात्मक सन्देश समेत प्रवाह गर्न सकिरहेको अवस्था थिएन् ।
तर यसपटक बिदुर नगरपालिकाको आयोजना र ब्यवस्थापनमा एकीकृत रुपमा राष्ट्रिय एकता दिवस तथा ं३०३ औं पृथ्वी जयन्तीको कार्यक्रम संचालन भएपछि त्यसमा देखिएको नागरिक सहभागिताले पृथ्वी जयन्ती र एकता दिवसको महत्व त उजागर गरेको छ नै नागरिकमा एकीकरण अभियानका महानायकप्रतिको समर्पण समेत स्पष्ट पारिदिएको छ । शनिवार पृथ्वी नारायणशाहको समाधिस्थलदेखि उनले राज्य संचालन गरेको नुवाकोट दरबार क्षेत्रसम्मको कार्यक्रममा समाजका सबै क्षेत्रको प्रतिनिधित्व त थियो नै सबै राजनीतिक दल, नागरिक समाज, उद्योग बाणिज्य क्षेत्र, संचार क्षेत्र सबैको सहभागिताले बर्तमानमा पनि राष्ट्रिय एकताको उत्तिकै सान्दर्भिकता र आवश्यकता रहेको स्पष्ट सन्देश प्रवाहित गरिरहेको थियो ।

कार्यक्रममा पूर्ब मन्त्री डिगबहादुर लिम्बु, नेपाली काँग्रेस नुवाकोटका उपसभापति राजु थापा, एमालेका बिष्णुहरी रिमाल, माओवादी केन्द्रका नारायण नेपाल, बिदुर नगरपालिकाका पूर्ब प्रमुख सञ्जु पंडित, नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी, वडा नम्वर २ का वडा अध्यक्ष दीपक कायस्थ, समाजसेवी रेशमबहादुर पाण्डे, गोबिन्दलाल चित्रकार लगायतले नेपाल एकीकरणमा पृथ्वी नारायण शाहको योगदान र एकता दिवसको सान्दर्भिकताका बारेमा आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।

त्यसक्रममा बिदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले पृथ्वी जयन्तीको कार्यक्रम कार्यक्रम मात्र नबनाई नागरिकलाई जोड्ने सेतुको रुपमा समेत लिईएको र आगामी दिनमा नुवाकोट र देबिघाट क्षेत्रको बिकासमा एकीकृत कार्यक्रम बनाएर कार्यान्वयनमा ल्याईने समेत स्पष्ट पारेका थिए ।

कार्यक्रममा पूर्ब मन्त्री डिगबहादुर लिम्बु, नेपाली काँग्रेस नुवाकोटका उपसभापति राजु थापा, एमालेका बिष्णुहरी रिमाल, माओवादी केन्द्रका नारायण नेपाल, बिदुर नगरपालिकाका पूर्ब प्रमुख सञ्जु पंडित, नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी, वडा नम्वर २ का वडा अध्यक्ष दीपक कायस्थ, समाजसेवी रेशमबहादुर पाण्डे, गोबिन्दलाल चित्रकार लगायतले नेपाल एकीकरणमा पृथ्वी नारायण शाहको योगदान र एकता दिवसको सान्दर्भिकताका बारेमा आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।
शनिवार बिहान बिदुर नगरपालिका वडा नम्वर ५ को देबिघाटमा रहेको पृथ्वी स्मारक र पृथ्वी समाधिमा माल्यार्पण गरेर सुर भएको कार्यक्रम देबिघाट बजार परिक्रमापछि नुवाकोट दरबार क्षेत्र पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सरकारी कर्मचारी, धार्मिक र सामाजिक संघ–संस्थाका प्रतिनिधि, खेलाडी, बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर