बिदुर । पछिल्लो समय चर्चाको शिखरमा रहेको ‘मलाई पल्लारे साईलाले ….. मत ढलें, ढलें’ गीतकी गायिका शान्तारानी परियार नुवाकोट आउने भएकी छिन् । पिपलटार फुटबल क्लवको आयोजना तथा जालपा मिडिया सर्भिस र एभरेष्ट ईभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा आगामी माघ २७ गते देखि फागुन ७ गतेसम्म बिदुर नगरपालिका वडा नम्वर ५ को पिपलटारमा हुन लागेको प्रथम बिदुर खेलकुद तथा पर्यटन महोत्सवमा प्रस्तुति दिन गायिका परियार नुवाकोट आउने भएकी हुन् । महोत्सव अन्तर्गत फागुन ४ गते आईतबार गायिका परियारको प्रस्तुति रहने आयोजक संस्थाले जनाएको छ ।

सम्बन्धित खवर