बिदुर । युवाहरु माझ चर्चित गायक दुर्गेश थापा नुवाकोट आउने भएका छन् । पिपलटार फुटबल क्लवको आयोजना तथा जालपा मिडिया सर्भिस र एभरेष्ट ईभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा आगामी माघ २७ गते देखि फागुन ७ गतेसम्म बिदुर नगरपालिका वडा नम्वर ५ को पिपलटारमा हुन लागेको प्रथम बिदुर खेलकुद तथा पर्यटन महोत्सवमा प्रस्तुति दिन गायक थापा नुवाकोट आउने भएका हुन् । महोत्सव अन्तर्गत फागुन ७ गते बुधबार गायक थापाको प्रस्तुति रहने आयोजक संस्थाले जनाएको छ ।
© 2025, All right reserved to Uttargaya Daily
Site by: Trishuli Web