बिदुर । हास्यब्यङ्ग्य क्षेत्रका चर्चित पात्र राजा राजेन्द्र पोखरेल नुवाकोट आउने भएका छन् । पिपलटार फुटबल क्लवको आयोजना तथा जालपा मिडिया सर्भिस र एभरेष्ट ईभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा आगामी माघ २७ गते देखि फागुन ७ गतेसम्म बिदुर नगरपालिका वडा नम्वर ५ को पिपलटारमा हुन लागेको प्रथम बिदुर खेलकुद तथा पर्यटन महोत्सवमा प्रस्तुति दिन पोखरेल नुवाकोट आउने भएका हुन् । महोत्सव अन्तर्गत फागुन १ गते बिहिबार पोखरेलको प्रस्तुति रहने आयोजक संस्थाले जनाएको छ । पोखरेल ब्यङ्रग्य, प्यारोडी र क्यारिकेचरका कारण सबै पुस्ताका दर्शकहरु माझ लोकप्रिय छन् ।
© 2025, All right reserved to Uttargaya Daily
Site by: Trishuli Web