बिदुर । नेपाली लोकसंगित क्षेत्रकी चर्चित पात्र गायिका समिक्षा अधिकारी नुवाकोट आउने भएकी छिन् । पिपलटार फुटबल क्लवको आयोजना तथा जालपा मिडिया सर्भिस र एभरेष्ट ईभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा आगामी माघ २७ गते देखि फागुन ७ गतेसम्म बिदुर नगरपालिका वडा नम्वर ५ को पिपलटारमा हुन लागेको प्रथम बिदुर खेलकुद तथा पर्यटन महोत्सवमा प्रस्तुति दिन गायिका अधिकारी नुवाकोट आउने भएकी हुन् । महोत्सव अन्तर्गत फागुन २ गते शुक्रवार गायिका अधिकारीको प्रस्तुति रहने आयोजक संस्थाले जनाएको छ ।

सम्बन्धित खवर