बिदुर । नेपाली लोकसंगित क्षेत्रका चर्चित पात्र गायक कमल खत्री आगामी माघ २९ गते मंगलबार नुवाकोट आउने भएका छन् । पिपलटार फुटबल क्लवको आयोजना तथा जालपा मिडिया सर्भिस र एभरेष्ट ईभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा आगामी माघ २७ गते देखि फागुन ७ गतेसम्म बिदुर नगरपालिका वडा नम्वर ५ को पिपलटारमा हुन लागेको प्रथम बिदुर खेलकुद तथा पर्यटन महोत्सवमा प्रस्तुति दिन गायक खत्री नुवाकोट आउने भएका हुन् ।

सम्बन्धित खवर