बिदुर । पिपलटार फुटबल क्लवको आयोजना तथा जालपा मिडिया सर्भिस र एभरेष्ट ईभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा आगामी माघ २७ गते देखि फागुन ७ गतेसम्म बिदुर नगरपालिका वडा नम्वर ५ को पिपलटारमा प्रथम बिदुर खेलकुद तथा पर्यटन महोत्सव संचालन हुने भएको छ । महोत्सवमा आफ्नो साँगितिक प्रस्तुतिका लागि नेपाली लोकदोहोरी क्षेत्रका चर्चित हस्तीहरु महोत्सव स्थल पिपलटार आउने भएका छन् ।
आयोजकका अनुसार महोत्सवमा चर्चित लोकदोहोरी कलाकारहरु प्रिति आले, रमेशराज भट्टर्रा, शिला आले, शर्मिला गुरुङ, शान्ता रानी परियार, सम्झना लामिछाने मगर, श्रीकृष्ण बम मल्ल, नवराज घोरासैनी, मञ्जु गौतम, खुमन अधिकारी, प्रतिमा अर्याल, लेखनाथ आचार्य, ईब्सल सञ्ज्याल, बिन्दा परियार, संगम लामिछाने, उद्धब कार्की, सरोज लामिछाने, स्मृति गौतम, शारदा रर्साली, नवराज काप्री, राजेश ढकाल, आशा लामा, भीमसेन खतिवडा लगायतले महोत्सवमा सहभागिता जनाउने निश्चित भईसकेको छ । यसैगरी महोत्सवका प्रत्येक दिन सुगम संगितका चर्चित कलाकारहरु, म्हेन्दोमाया गीत संगित क्षेत्रका चर्चित कलाकारहरु, नुवाकोट कलाकार समाज आवद्ध कलाकारहरुको प्रस्तुतिका साथै प्रत्यक्ष दोहोरीको समेत प्रबन्ध गरिएको आयोजक क्लवका अध्यक्ष उद्धव पनेरुले जानकारी दिएका छन् ।
© 2025, All right reserved to Uttargaya Daily
Site by: Trishuli Web